काठमाडौं– ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक भएको छ ।तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको यस फिल्म प्रदीप खड्गीले निर्देशन गरेका हुन् । असार १३ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रका निर्माता विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् भने चलचित्रलाई शंकर महर्जन र नविन जोशीले छायांकन गरेका हुन् ।फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो ।