एजेन्सी – पछिल्लो समय बलिउड स्टार सलमान खानको फिल्म भारतको निकै चर्चा छ । यस फिल्मले शुरुवातको दिन देखि नै निकै राम्रो ब्यापार गर्दै आएको छ । यसैक्रममा फिल्म भारतमा भुमिका निभाएकी एक नायिका ट्रोलको सिकार बनेकी छिन् । खासमा ४४ वर्षकी सोनालीलाई ५३ वर्षका सलमानकी आमाको रुपमा देखाएपछि उनी ट्रोलको सिकार बनेकी हुन् । सोसल मिडियामा ट्रोलको शिकार भएकी उनलाई सही भूमिका छान्न सबैले सल्लाह दिएका छन् ।

एक अन्तरबार्तामा उनलाई यसबारे सोध्दा आफुलाइ यो भुमिका गर्न पाउदा गर्भ महसुस भएको बताएकी छिन् । अभिनेता सलमानको आमाको भुमिका आफुले निभाउन पाउदा खुशि लागेको उनले बताइन् । उनले भनिन् ‘भूमिका मेरो आफ्नै रोजाईको थियो । आफूले निभाएको भूमिकामाथि मलाई गर्व छ ।

म दर्शक र क्रिटिक्सको सुझावको सम्मान गर्छु । यसअघि मैले ऋतिककी आमाको भूमिका पनि निभाइसकेकी छु । सन् २००० मा मैले ऋतिक रोशनको एडप्टिभ आमाको भूमिका निभाएको थिएँ । मलाई थाहा छ कि मानिसहरु उमेर भिन्नतामाथि ध्यान दिइरहेका छन् । तर थुप्रै पटक यो आलोचनाका लागि नभई कलाकारको ग्रोथका लागि पनि सुझाव छ ।’