काठमाडौँ । सिन्धुलीमामा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेका छन् ।

सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको ज्यान गएको प्रहरीले जनाएको छ । रमिसले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा बोर्डमा टाउको ठोक्किँएको र टाउकोमा चोट लागी घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।