काठमाडौं – बेला बेलामा बिभिन्न कारणले चर्चामा आइरहने बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । पछिल्लो समय अभिनेत्री प्रियंकाले आफ्ना निजी जिबन बारे खाुलाउदै गएकी छिन् । अभिनेत्री प्रियंकाले एक अन्तरबार्तामा आफ्नो निजी जिबनबारे कुरा गर्ने क्रममा एक नौलो कुरा खुलाएकी छिन् । उनले अन्तरबार्तामा आफूलाई बाँदर्नीले थप्पड हानेको बारे रहस्य खोलेकी छन् ।

अभिनेत्री प्रियँकाले आफ्नो बाल्यकालको बारे बताउदै आफु तीन कक्षामा हुदाँ स्कुलमै एउटा बाँदर्नी देखेको बताइन् । स्कूलको रुखमा बाँदर्नीले आङ कन्याइरहेको देखेपछि आफु पेट मिचिमिचि हासेको बताइन । हासेको देखेपछी बाँदर्नी रुखबाट ओर्लिएर उनी नजिक आएर एक थप्पड हानेको उनले बताइन् । आफुलाई त्यो कुरा अहिलेसम्म याद रहेको बताइन् । अब भने अभिनेत्री प्रियँका द स्काई इज पिंक फिल्ममा देखिदैछिन् ।