बझाङ – बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडाका सदस्य नरेश महर रहेका छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइल पल्टिँदा वडाका सदस्य नरेशको मृत्यु भएको हो भने वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।