काठमाडौं । बेलायतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री केपी ओली फ्रान्स पुगेका छन् ।

प्रधानमन्त्री बुधबार युरो टनेल भनिने भूमिगत रेल चढेर फ्रान्स पुगेका थिए । १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो छ ।

प्रधानमन्त्री ओलीले आज फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । फ्रान्सको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।