एजेन्सी – फिफा महिला विश्वकप अन्तर्गत भएको फुटबल खेलमा नाइजेरियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा नाइजेरियाले दक्षिण कोरियालाई हराएको हो । उक्त समूह एको खेलमा नाइजेरियाले दक्षिण कोरियालाई २–० ले हराएको हो । यसअघि भने नाइजेरियाले नर्वेसँग पराजित भएको थियो । उक्त खेलमा नाइजेरियाले उपहार स्वरुप एक गोल पाएको थियो ।

कोरियाकी डो योन किमले आफ्नै पोस्टमा प्रहार गरेपछी नाइजेरीयाले उपहारमा नै एक गोल पायो । त्यसपछी भने खेलको ७५ औं मिनेटमा नाइजेरियाकी एसिस्ट लामिना ओसालाले दोस्रो गोल गरीन् । जित सँगै नाइजेरियाले समूहमा तीन अंक जोडेको छ ।