काठमाडौँ – धनुषामा नगरपालिका कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको छ । बुधबार राति धनुषाको धनुषाधाम नगरपालिका कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको बताइएको छ । बम विस्फोट हुदाँ नगरपालिकको वडा नम्बर ३मा रहेको नगरपालिकाको सभाहलको पर्खालमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार अनुसन्धान गर्दा प्रेसर कुकरको बम विस्फोट भएको प्रमाण फेला परेको बताइएको छ् । नगरपालिकको प्रयोग बिहिन उक्त हलमा बिस्फोट बम कसले किन पडकायो त्यो यकिन हुन नसकेको र विप्लव समूहले गराएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।