पोखरा – पोखरामा पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–७ मासबारमा मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको हो ।

स्याङ्जा घर भइ पोखरा मामाघर बस्दै आएका बालक साथीसँग खेल्ने क्रममा पानिको ट्याङ्कीमा खसेका हुन् । बुधबार साँझ पानिको ट्याङ्कीमा खसेका बालकलाई उपचारका लागि अस्पताल लगिएको तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।