काठमाडौँ । उमेश राई फुलन्देकी आमाु र बुद्धि तामाङ हैटको अभिनय रहेको म्यूजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भए लगत्तै यसले राम्रो प्रतिक्रिया बटुलीरहेको छ । मानिसको जीवन छोटो छ, रोमान्स र माया प्रेम वैँशमा मात्रै हो, बुढेशकालमा त एउटा मनमिल्ने साथीको खाँचो पर्ने भएकाले पतिले पत्निलाई अहिले जे जस्तो भएनी बुढेशकालको सहारा म नै हो भन्ने कुरालाई जिवन्त शेलीमा प्रस्तुत गरिएको गीतका शब्द दीपक शर्माका हुन् ।

पछिल्ले समय एकछत्र रुपमा राज गर्न सफल भएका शर्माकै संगीत रहेको गीतमा गायक मिन गुरुङ र गायिका बिना भट्टराई सलल बगेका छन् । निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।