काठमाडौँ – आज ज्येष्ठ मासको शुक्ल पक्षको एकादशी अर्थात निर्जला एकादशी ,आजको दिनलाई तुलसीको बिउ राख्ने दिन पनि भनिन्छ । निर्जला एकादशीको दिन छरिएको तुलसीको बिउ महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। आज नेपाल लगायत अन्य देशका हिन्दू धर्मावलम्बीहरूले ब्रत राखेर यो पर्ब मनाउने चलन रहेको छ ।

आज ब्रत बस्दा पानि पनि नपिइकन ब्रत बस्ने परम्परा रहेको छ । आज दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गरी माहत्मा बाचन श्रवण गर्ने गरिन्छ । यो एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्ने गर्छ ।