एजेन्सी – भारतको गुजरातमा खतरनाक समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा भिषण बर्षा र हावाको प्रकोप देखिएको छ । आँधी आउने भएपछी ३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको बताइएको छ । उक्त खतरनाक चक्रवतलाई ‘वायु’ नाम दिइएको छ । रेलसेवालाई पनि बन्द गरिएको छ भने पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको जनाइएको छ । त्यस्तै त्यहाका १० वटा जिल्लाका स्कुल पनि बन्द गरिएको छ ।