काडमाडौ – शास्त्र अनुसार बिहिबारलाई धार्मिक दिन मानिन्छ । कुन बार के कार्य गर्दा सफल र के गर्दा असफल हुन्छ भन्ने बारे हामिलाइ जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ । आज बिहिबारलाई वृहस्पतिको दिन पनि मानिन्छ । बिहिबारको दिनलाई धार्मिक दृष्टीकोणले निकै राम्रो दिन मानिन्छ । बिहिबार गर्न नहुने कार्य पनि हुन्छन् । केहि यस्ता कार्य हुन्छन् जुन गर्दा समस्या आउन सक्छन् । त्यसैले बिहिबार केही काम गर्न भने निषेध पनि गरिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ ।

यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ । बिहिबार नङ काट्नु र दारी काट्नु पनि अशुभ मानिन्छ । यूतो काम गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुहोस् । बिहिबार घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि नगर्नुहोस् ।शास्त्रमा बिहिबार महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु हुदैन । किनकी बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र पुजा गर्नुहुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ ।