काठमाडौं – मिस नेपाल २०१८ श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन् । आफ्नो ब्राण्डप्रतिको विश्वासलाई सबै सामु पुर्याउन सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि।जी। अटोमोबाइल्सले खतिवडालाई अनुबन्धित गरेको हो ।

सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवर्दनको लागी र छोटो समयमा नै सबै ग्राहकको मन जित्न श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाइएको छ । बर्गम्यान र एक्सेस स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल ईन्जिन भएकोले छोटो समयमा नै ग्राहकहरुको मनमा बस्न सफल भएको छ ।