सुर्खेत । सुर्खेतमा दिउँसो टिप्परको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक नन्दबहादुर गेलाङ रहेका छन् । भेरीगंगा नगरपालिका ८ लादेमा टिप्परले उनको मोटरसाइकललाई ठक्कर दिएको हो । उनको टिप्परले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले गेलाङले रेडियो भेरी एफएम सुर्खेतमा लामो समय प्राबिधिकका रुपमा काम गरेका थिए । पछि भने उनले आफैले दैनिक पत्रिका प्रकाशन पनि गरेका थिए । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको छ ।