एजेन्सी – भारतको बिहार राज्य सरकारले नयाँ नियम ल्याएको छ । मंगलबार भारतको बिहार राज्य सरकारले बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको हो । राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यहाँको सरकारले आफ्नो बुबाआमालाई अनिबार्य हेरचाह गर्नुपर्ने नयाँ नियम ल्याएको हो ।

यदि आफ्ना बाबुआमाको हेरचाह नगरे सन्तानलाई जेल हाल्ने त्यहाको सरकारले निर्णय गरेको छ । बिहार राज्य सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको उक्त मन्त्रीपरिषदको बैठकले विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ।