एजेन्सी – आफ्नो सुन्दरताले सामाजिक सन्जालमा भाइरल भएकी प्रिया प्रकाश अब बलिउडमा डेब्यु गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनी छिट्टै नै फिल्म ‘श्रीदेवी बंगलो’बाट बलिउडमा डेब्यु गर्ने बताइएको छ । सामाजिक सन्जालमा निकै रुचाइएकी प्रिया गत साल अत्यधिक सर्च गरिएकी मध्ये परिएकी थिइन् । उनलाई गत साल गुगलमा धेरै सर्च गरिएको थियो । गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल भएकी प्रियाको निकै चर्चा चलिरहने गर्छ । अब भने उनलाई फिल्मको अफर आएको छ ।

उनलाई बलिउड फिल्मको लागी अफर गरिएको हो । फिल्म ‘श्रीदेवी बंगलो’ मा अफर गरिए पनि शटिङ शुरु हुनु अगावै विवादमा आएको थियो । निर्माण पक्षका अनुसार यो फिल्म बिबाद पछी पनि सुटिँग गरिएको र फिल्मको मेकिङ पनि राम्रो रहेको जनाइएको छ । भारतिय मिडियाका अनुसार अब भने यस फिल्मको ट्रेलर निस्कने तयारीमा रहेको बताइएको छ । यस फिल्मलाई प्रशान्त माम्बुलीले निर्देशन गरेका छन् । भने फिल्ममा प्रियाका अलावा प्रियांशु चटर्जी, असीम अली र मुकेश ऋषिको मुख्य अभिनय रहेको छ । यस फिल्म फिल्म साइबर क्राइममा आधारित रहेको बताइएको छ ।