काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्यमा परिबर्तन आएको छैन । हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्यमा पनि परिबर्तन नआई प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।