पोखरा । पोखरामा लागूऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराको उत्तमचोकमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याएको प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमालिन गोली चलाएको छ । लागूऔषध कारोबारीले प्र्रहरीलाई नै आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले गोली चलाउदा गोविन्द थापा घाइते भएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ। प्रहरीका अनुसार थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला परेको छ ।