काठमाडौं – फिल्म मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’ बोलको गीत मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा सार्वजनिक गरिएको हो। यस गीतमा चर्चित गायक दिपक बज्रार्चायको संगीत र स्वर रहेको छ । यस गीतका रचनाकार रिक्की शाक्य रहेका छन् ।

यस गीतको भिडियोमा फिल्म मारुनी’का कलाकार पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । यस गीतको कोरियोग्राफर प्रविन सिंहले गरेका हुन् । फिल्म मारुनी’ नवल नेपाल निर्देशन गरेका हुन् भने फिल्ममा पुष्पल र साम्राज्ञी लगायत जेविका गुरूङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाईं, बिनोद भट्टराई तथा सुशिल क्षेत्रीको मूख्य अभिनय रहेको छ।