सविधानले दिएको अधिकार मध्य एउटा स्वतन्त्र पुर्वक बोल्न पाउने अधिकार पनि हो त्यो कुरा म लगायत हरेक ले स्विकार गरेका छौ र गर्नु पनि पर्छ तर कसैले स्किन कलर लाई लिएर्, मेरो शरिर को बनावट, आनी-बानी, लवज, भेष, आदि व्यक्तिगत कुरा लाई लिएर प्रश्न गर्ने अधिकार कोही लाई छैन । म पनि एउटा चलचित्र निर्माता हु, मैले बनाएका चलचित्र मा कमेन्ट मन खोलेर गर्नुस्, मेरो अभिनिय मा कमेन्ट मन खोलेर गर्नुस तर मेरो स्किन कलर्, मैले लगाउने लुगा, मेरो शरिर को बनावट,मेरो व्यक्तित्व मा कमेन्ट गर्ने अधिकार सविधान को स्वतन्त्रपुर्वक अधिकार ले तपाईलाई दिदैन किनकी तेसो गर्दा मेरो पनि सम्मान पुर्वक बाच्न पाउने हक को हनन तपाई ले गर्नुहुने छ ।

टिकेट काटेर कुनै फिल्म हेरेपछी समिक्षा निर्मम रुप मा गरेपनी एउटा सिनेमाकर्मीले हासेर नै सुनिदिनु पर्ने हुन्छ तर कती पटक ट्रोल को नाममा ब्यक्तिगत पहिचान मा प्रश्न चिन्ह उठाउने ? म एउटा सिनेमाकर्मीको मात्रै हैन्, एउटा सामान्य नागरिक को पनि पहिचान का कुरा मा प्रश्न चिन्ह उठछ्न भने त्यस्को बिरुद्ध मा बोल्दै आएकी थिए र बोल्ने पनि छु । मिम( Meme) बनाउने हरु को पनि आफ्नै केहि अधिकार हरु हुन्छन्, ति अधिकार प्रयोग गरेर बनाएको मिम जो कोही चलचित्रकर्मी ले पनि सहनु नै पर्छ । हामिले समिक्षा लाई एक्दमै सकारात्मक तरिका ले लिनु पर्छ्, एउटा पब्लिक को लागी बनाएको फिल्म मा पब्लिक ले नराम्रो भन्न पाउनु पर्छ किनकी उस्ले त्यो फिल्म हेर्न आफ्नो समय र पैसा लगानी गरेको हुन्छ । मैले पैसा लगाएर बनाएको मुभी हो तैले राम्रो भन्नै पर्छ भनेर निर्णय लाद्न खोज्नु गलत हो ।

एउटा मिम बनाउने पेज लाई सचेत गराउनु ठिक हो तर १ हप्ता देखी थुना मा राख्नु ठिक हैन । #Pranesh र उस्को परिवार लाई पर्न गएको मानसिक तनाव ले पछी ठुलो दुर्घटना ननिम्तावोस । अब निर्णय गर्ने अधिकार अदालत लाई दिउ भन्ने अनुरोध नि सबै मा गर्न चाहन्छु । बर्षौ लगाएर एउटा सिनेमाकर्मी ले उस्को पहिचान बनाएको हुन्छ,ती कुरा हरु मा प्रश्न उठाउदा एउटा सिनेमाकर्मी ले हासिहासी त्यो कुरा स्विकार गरेको भए पनि मन मा एकदमै पिडा भएको हुन्छ्, त्यस्को एउटा उदाहरण म पनि हु ।#Pranesh को केसमा नेपाली फिल्म लाई केहि भन्नै नहुने जस्तो बिचार आएको छ त्यो गलत हो, बल्ल बल्ल उकालो लाग्दै गरेको नेपाली क्षेत्र बाट दर्शक हरु फेरी भागन प्रेरित नगरौ । म मध्यस्थ मा बसेर यो घटना मा जती सक्छु त्यती सहयोग गर्ने प्रतिबद्धता गर्छु ।रिचा शर्माको फेसबुकबाट