काठमाडौं – बलिउड हाम्रा लागि निकै कठिन छ । त्यहाँ कठिन संघर्ष गरेर पनि असफलता व्यहोरेका धेरै छन् । बलिउड सानो सपना होइन । तर , असम्भव नै भन्न मिल्दैन । केही गरी मलाई बलिउड सिनेमाबाट अफर आयो भने मेरो अपोजिटमा अमृता राव होऊन् भन्ने चाहन्छु । अहिले त उमेरको हिसाबले मभन्दा उनी धेरैमाथि पुगिसकेकी छन् । तैपनि मलाई उनी एकदम मनपर्छ ।

मैले अमृता रावको फिल्म इश्क–विश्क हेरेको थिए । सन् २००३ मा प्रदर्शनमा आएको फिल्मलाई केन घोषले निर्देशन गरेका थिए । त्यो फिल्ममा अमृता शाहिद कपुरको अपोजिटमा छिन् । शाहिदको नाम राजीव र अमृताको नाम पायल छ । मलाई उनको अभिनय खुब मन परेको थियो । हुन त मैले उनको फिल्म सानैमा हेरको हो । त्यो वेला मेरो टिनएज सुरु हुन लागेको थियो । नयाँ पत्रिकामा खबर छ ।

फिल्ममा उनको जुन रोल थियो, त्यो एकदम डिसेन्ट र लोयल थियो । खुब प्रभाव पारेको थियो अमृताको रोलले । म सोच्थेँ कि मेरो लाइफ पार्टनर पनि त्यस्तै होस् । अहिले पनि मलाई उनी उत्तिकै मन पर्छ ।