काठमाडौँ – विष हालेर कुखुरा मारेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठ रहेकी छिन् । उनमाथि कुखुरा धनी राम कुमारी सुनारले विषादी हालेर एक सय ४० वटा कुखुरा मारेको उजुरी दिएकी छिन् । उजुरी पछी ओमकुमारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको भनी प्रमाणित भएको र छिमेकीले सार्वजनिक बदमासी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले ओमकुमारीलाई पक्राउ गरेको हो । प्रहरीको अनुसार श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।