काठमाडौं । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्प्समा चौथो भएका नेपालका बाल गायक आयुष केसी स्वदेश फर्किएका छन्। ६ महिना लामो मुम्बईको बसाई पछि उनी स्वदेश फर्केका हुन् । उनी सोमबार बिहान करिब साढे १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमामा सहभागी हुन मुम्बई पुगेका उनि चौथो स्थान हासिल गरेर फर्किएपछी उनलाई स्वागत गर्न सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौको भीड जममा भएको थियो ।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने आयुष के।सी सारेगमपमा चौथो भएपछी उनलाई मोर्डन बोर्डिङ स्कुलले मंगलबार नगद सहित सम्मान पनि गरेको छ । यसैबिच सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमा बस्ने वर्ष १२ का आयुष के सीले हामिसँग मज्जाले खुलेरै कुराकानी गरेका छन् । हामिसँग कुरा गर्दै बाल गायक आयुषले आफू र साथी प्रितमले नेपालको नाम चिनाउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

अहिले सबैको छोरा भाई हुन पाउदा आफुलाइ निकै खुशि लागेको बताउदै आयुषले मर्ने कसैलाई रहर हुदैन लगायत आफुले गएका गीतहरु गाएर सुनाए । उनले आफुलाई विमानस्थलमा हजारौको भीडले स्वागत गर्दा धेरै नै खुशि लागेको बताए । सारेगमपा लिटिल च्याम्प्समा आफुलाई धेरैकुरा सिक्ने मौका पाएको बताउदै आयुषले त्यहा आफुले गरेको क्रियाकलापको बारे सबै कुरा अन्तरबार्तामा खोलका छन् । हेर्नुहोस् सारेगमपा लिटिल च्याम्प्समा चौथो भएका नेपालका बाल गायक आयुष केसीसँगको यो रमाइलो कुराकानीको भिडियो