काठमाडौँ – बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिना तथा बार्सिलोनाका स्टार मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शिर्ष स्थानमा पुगेका हुन् ।

उनी अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सर्बाधिक कमाउने सुचीमा मेस्सी परेका हुन् । सार्वजनिक गरेको सुची अनुसार मेस्सीको वार्षिक कमाई १२७ मिलियन डलर रहेको छ भने रोनाल्डोको १०९ मिलियन डलर र नेयमारको १०९ मिलियन रहेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडका खेलाडी पोउल पोग्बाको वार्षिक कमाइ ३३ मिलियन डलर रहेको छ ।