एजेन्सी – यतिबेला सामाजिक सन्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ । एक एक मादा हात्तीले आफ्नो मृत बच्चा हात्तीलाई सुडमा बेरेर अन्तिम संस्कार गरेको यो भिडियो सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । भिडियोमा एक मादा हात्तीले मृत बच्चा हात्तीलाई सुडमा बेरेर जंगलबाट बाहिर निस्केर सडक पार गरेकी छिन् । त्तीको बथान पनि उनको पछिपछि लाग्छन् । उनी फेरि त्यो मृत बच्चा हात्तीलाई उसैगरी सुडमा बेर्छिन् र सडक पारीको जंगलमा जान्छिन् ।

त्यसपछी मृत बच्चा हात्तीलाई बिसाउँछिन् । त्यसपछी सबै हात्तीले बच्चालाई पालैपालो सुघ्छन् । त्यसपछी सबै हात्तिले पालैपालो फेरो हाल्छन् । एक भारतीय वन अधिकारी प्रवीन कासवानले खिचेको यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । बन अधिकारीका अनुसार यो दृश्य असामान्य होइन, किनकि हात्तीहरु आफ्नो परिवारसँग यसरी जोडिएका हुन्छन् कि, कुनै सदस्य मर्दा यसैगरी अन्तिम संस्कार गर्छन् ।