एजेन्सी – युरोकप छनोट अन्तर्गत भएको खेलमा जर्मनीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा जर्मनीले स्टोनियालाई ८–० को फराकिलो अन्तरले हराएको हो । जर्मनीको जितमा र्को रिउसले दुई गोल गरे भने सर्ज गनाब्रीले पनि दुई गोल गरे । त्यस्तै गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले १–१ गोल गरे। जर्मनीले सुरुवाती तीन खेलमा जित निकाल्न सफल भएको छ ।

त्यस्तै छनोट खेल अन्तर्गन भएको अर्काे खेलमा आयरल्याण्ड टोलीले बेलारुसलाई हरायो । उक्त खेलमा आयरल्याण्ड टोलीले बेलारुसलाई १–० ले हराएको हो। जितसँगै जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ भने नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा रहेको छ ।