विश्वकप फुटबलमा अमेरिका महिला फुटबल टिमले नौलो रेकर्ड राखेको छ । एसियाली टिम थाइल्याण्डलाई १३ गोल गर्दै अमेरिका महिला फुटबल टिमले विश्वकपमा कीर्तिमान बनाएको हो । एसियाली टिम थाइल्याण्डलाई १३–० को अन्तरले हराउदै अमेरिका महिला फुटबल टिमले सानदार जित निकालेको हो । जित दिलाउन अमेरिकाका लागी एलेक्स मोर्गानले पाँच गोल गरेकी हुन् ।

अमेरिकाले दोस्रो हाफमै १० गोल गरेको थियो । यसैबिच स्वीडेनले पनि पहिलो खेलमा जित हासिल गरेको छ । खेलमा स्वीडेनले चिलिलाई पराजित गरेको छ । स्वीडेनले दोस्रो हाफमा दुई गोल गरेको थियो । जसका लागी अन्तिम १० मिनेटमा स्वीडेनका खेलाडी कोसोभारे अस्लानी र म्याडिलिन जानोगीले एक एक गोल गरे ।