काठमाडौँ – नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले वाईडबडिमा शेरबहादुर देउवाको संलग्नता भए कारवाही गर्न हिम्मत राख्न केपि ओलीलाई चेतावनी दिएका छन् । क्यानडा नेपालसँग कुरा गर्दे खतिवडाले आफ्नो भ्रष्टचार छोप्न अर्काको नाम मुछ्न नपाइने बताएका छन् । खतिवडाले अहिलेको सरकारले भाषण गर्ने काम मात्र गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले जबसम्म ३३ किलो सुनका अपराधि र निर्मला हत्याकाण्डका दोषिलाई सरकारले ल्याउदैन तबसम्म काग्रेशले सँसद अबरुद्द गर्न नछाड्ने बताएका छन् ।आँफुहरुले गरेको निर्णय कार्यन्वय नभएसम्म सँसद अबरुद्द गर्ने र सडकमा पनि आवाज उठाउने बताए । अहिले पत्रकारले बोल्न र गायकले गाउन नपाउने अवस्था सिर्जना भएको बताउदै उनले राष्ट्रपतिलाई बेलायतकीे महारानी जस्तो बनाएर राखिएको र अरोबौका हेलिकप्टर राष्ट्र पतिकै नाममा किनिएको भन्दै उनले सरकार प्र्रति आक्रोश ब्यक्त गरे।

अन्तरबार्तामा रँगाशाला भत्काउने काममा प्रधानमन्त्रिको पनि सँलग्नता रहेको प्रष्ट देखिने बताउदै नेता खतिवडाले बाहिरबाट छुस्के लगाउने काम प्रधानमन्त्रिकै रहेको आरोप लगाए । नेकपामा शासन गर्ने शैलीमा घमण्ड रहेको बताउदै उनले जे गरे पनि हुन्छ भन्ने अहमता रहेको उल्लखे गरे ।प्रधानमन्त्री ओलीले धेरै फुर्ति लाउने काम गरेको बताउदै उनले अहिले सम्पति दुरुपयोग गरेर भ्रमण गएको बताए । मुनकी श्रीमतीको गहुत छर्ने काम केपि ओलीले गरेको भन्दै उनले त्यसले नेपाली जनतालाइ दुर्गन्धित बनाउने काम गरेको बताए । हेर्नुहोस भिडियो कुराकानी