काठमाडौँ – भारतमाअत्यधिक गर्मीका कारण बसमै ४ जनाको ज्यान गएको छ । भारतको दिल्लीबाट झांसीतर्फ घुम्न निस्किएका ४ जनाको बसभित्रै ज्यान गएको प्रहरीले जनाएको छ । झांसीमा बसबाट निकालिएको त्यहाँको प्रहरीका अनुसार आगराबाट ६५ जनाको समूहमा घुम्न निस्किएका मध्ये ४ जनाको ज्यान गएको बताइएको छ ।

भारतको दिल्लीबाट झांसीतर्फ चार दिन अगाडि घुम्न निस्किएका उनीहरुमध्ये ४ जना बसमै बेहोस भएको र चिकित्सकलाई बोलाइएकोमा सबैलाई मृत घोषणा गरिएको बताइएको छ । यस घटना बारे थप अनुसन्धान गरेको त्यहाँको प्रहरीले जनाएको छ ।