काठमाण्डौँ – यूवाअबस्थामा धेरैलाई डण्डीफोरले सताउने गर्छ । धेरै युवायुवतीको अनुहारमा डण्डीफोर देखिएको हुन्छ । अनुहारमा डण्डीफोर आउदा बाहिर अनुहार देखाउन पनि निकै लाज हुन्छ । हुन त एक समय पनि हुन्छ युवायुवतीको अनुहारमा डण्डीफोर आउने । तर डण्डीफोर आउदा जथाभाबी चलाउने र ध्यान नदिने हो भने यसले कुरुप बनाउने खतरा पनि हुन्छ । डण्डीफोरले १४ देखि ३० बर्ष उमेरकालाई धेरै सताउने गर्छ । यो समस्या कसरी समाधान गर्ने भन्ने चिन्ता सबैमा हुन्छ । छालामा असर गर्ने डण्डीफोरको लागि आयुर्वेदले छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा प्रयोग गर्न सल्लाह दिन्छ ।

डण्डीफोरबाट छुटकारा पाउन घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदिको प्रयोग गरे छुटकारा पाउन सकिनेछ । डण्डीफोरबाट बच्न यस्ता चिजहरु समय तालिका अनुसार मात्रा मिलाएर र राम्रोसंग चपाएर खानेलाई यस्तो समस्या कम हुने आयुर्वेदमा पनि बताइएको छ । ताजा साग सव्जी र रेसादार तरकारी खाने गर्दा समेत डण्डीफोरबाट बच्न सकिन्छ । प्रशस्त मात्रामा पानी, जुस पिउने गर्नु डण्डीफोरका लागी निकै उपयोगी हुन्छ । विषेशगरि यूवतीहरुमा यस्तो समस्या देखिन्छ जसले ज्यादा मलासादार, चिल्लो, अमिलो खाने गरेका छन ।

डण्डीफोर हटाउन चाहानुहुन्छ भने भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने र चुरोट, रक्सी, सूर्ती, चिया, कफी, नखानु नै राम्रो हुन्छ ।कागती रस र दूधलाई उमालेर मुख धुने, दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने, घिउकुमारी चोप सिधै अनुहारमा लगाउने, चन्दन र बेसारलाई लेप बनाई लगाउने गर्दा समेत डण्डीफोरबाट मुक्ति पाइन्छ । तपाइको अनुहारमा डण्डीफोर आएको छ भने भुलेर पनि डण्डीफोरलाई खेलाइरहने, निचोर्ने नगर्नुहोस् जसले अनुहार झन नराम्रो देखिन्छ ।