काठमाडौँ । नेपालका लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अभिनेता निखिल उप्रेतीसँग भेट्ने कार्यक्रम अघि सारेको छ । कम्पनीले ‘टीभीएस स्ट्याकर मेलामा आउनुहोस् सुपरस्टार निखिल उप्रेतीसँग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको हो । जगदम्बा मोटर्सले वीरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ ।

टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानमा जेठ ३१ देखि असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेला अवधिभर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ०७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते वीरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक निखिल उप्रेतीसंग भेटघाट तथा खुसी बाँड्नेछन् ।