काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा सोमबार उनले सरकारको नेतृत्व एकीकरण गर्दा भएका सहमतिअनुसार हुने उल्लेख गरे ।

साढे दुई वर्षमा सरकार छाड्नुहुन्छ भन्ने प्रश्नमा ओलीले सरकारको नेतृत्वको विषय पार्टीले निर्णय गर्ने जानकारी दिए । नेकपाका अर्का अध्यक्षले प्रधानमन्त्री ओलीले १५ महिनामा आफूलाई सरकारको नेतृत्व दिनेबारे सहमति भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती प्रधानमन्त्री टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भेटमा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासाबारे पनि छलफल गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओली बुधबार रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको पेरिस जाने कार्यक्रम छ । उनले पेरिसमा फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।