काठमाडौँ – चर्चित गायक प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोममा परेको छ । गत जेठ ११ गते रिलिज भएको ‘गलबन्दी’ बोलको गितलाई आजसम्म एक करोड भन्दा बढि पटक हेरिएको छ । यस गीत आज नै करोड क्लबमा प्रबेश गरेको हो ।

सार्वजनिक भएको दिन देखि आजसम्म यस गीतले एक करोड बाह्र लाख भन्दा बढि दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं। एकमा आएको थियो । जुन गीत पनि अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ ।

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।‘गलवन्दी’ युट्युब र फेसबुक संग९संगै टिकटकमा पनि चर्चाको विषय बनिरहेको छ।