काठमाडौं । बडादशैको रौनक सकिए सँगै जाडोको अनुभव पनि बढ्दै गएको छ । बिहानपख ढकमक्क तुवालोले पनि ढाक्न थालि सकेको नै छ । बिशेष गरेर बिहान तथा बेलुवा हल्का कपडाले धान्नै छाडेको छ । जति जति जाडो बढ्दै जान्छ त्यती त्यती स्वास्थ्य तथा सौन्दर्यमा समस्या आउनु सामान्य लक्षण नै हो ।

जाडोयाममा मुटु रोगी, उच्च रक्तचाप तथा दमको बिरामीलाई समेत समस्या पार्ने गर्छ । जाडोमा नसाहरु खुम्चने तथा रक्त प्रवाहमा रोकावट भई स्वास्थ्यमा थप समस्या हुन जान्छ । सबैभन्दा बढी समस्या बुढापाखा, रोगी, बालबालिका तथा सुत्केरीलाई समेत जाडो याममा गाहो महसुस हुने गर्छ ।

साथै हाटखु«टा तथा ओठ फुट्ने छाला सुक्खा हुने, कपालमा चाया पर्ने समस्या चिसो हावाकै कारण हुने गर्दछ । बायुमण्डलमा चिसो हावा बढ्नु भनेकै सुख्खा हुनु हो । त्यही कारण छाला तथा कपाल रुखो हुने गर्दछ ।

जाडोमा हामी बाक्लो बाक्लो कपडा लगाउछौ । जति जति चिसो बढ्दै जान्छ हामी कपडा थप्दै जान्छौ तर न्यानो कपडा लगाउदैमा मात्र समस्याको हल हुदैन बिशेष केही कुरा ध्यानमा राखेमा काम गरे स्वास्थ्यमा थप समस्या हुन बाट जोगिन सकिन्छ ।

जाडो याममा के गर्ने
प्राकृतिक न्यानोपन पाउनको लागि सक्रिय भई रहेने । जस्तै शारिरिक ब्याम गर्ने, हिडडुल गरिरहने, दैनिक कार्यहरु गर्ने । दैनिक कार्यहरु गर्दा रक्तप्रवाह बढ्न गई शरिरमा तातो अनुभव हुन्छ ।

तातो खानेकुरा खानुका साथै प्रशस्त झोलयुक्त खानेकुरा खानुका साथै मौसमी फलफूलको समेत सेवन गर्न सकिन्छ । शरिरमा तरलको अभाव हुने भएकोले प्रसस्त पानी खानुपर्ने हुन्छ ।

 

कोइला हिटर वा आगो तापेर शरिर तातो बनाई रहेका हुन्छन् तर धेरै समयसम्म आगो ताप्नु पनि राम्रा होइन । मानिसहरु राति सुत्ने बेला झ्यालढोका बन्द गरि कोइला बालेर सुत्ने गर्दछन् यो पनि खतनाक हो । खुल्ला कपडा लगाएर बरु न्यानो सिरकको प्रयोग गर्नु नै उत्तम हुन्छ ।

के नगर्ने

जाडो भगाउने बहानामा चुरोट, मदिरापान सेवन गरि रहेका हुन्छन् तर मदिरापान गर्दैमा तातो महसुस हुने हैन बरु स्वास्थ्य सम्बन्धी थप रोग निम्त्याउन सक्छ । जाडो महिनामा मानिसहरु धेरै चिया कफी सेवन गर्ने गर्दछन् यसको मात्रा धेरै भएमा पनि थप समस्या हुन सक्छ ।

घरमा बेलाबखत बाहेक धेरै हिटर तथा कोइला बालेर आगो नताप्ने । तातोपन महसुस भयो भन्दैमा धेरै समयसम्म सिरक भित्र मात्र नबस्ने बरु हिडडुल तथा शारिरिक ब्यामहरु गर्ने ।