काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्यमा परिबर्तन आएको छैन । हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज कुनै परिबर्तन नभई सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मुल्यमा पनि कुनै परिबर्तन आएको छैन । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।