एजेन्सी – युरोकप छनोट अन्तर्गत भएको खेलमा स्पेनले सहज जित निकालेको छ । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको उक्त रोमान्चक खेलमा स्पेनले स्वीडेनलाई हराएको हो । उक्त खेलमा स्पेनले स्वीडेनलाई ३–० ले हराएको हो ।

स्पेनको जितमा सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । खेलको ६४औं मिनेटमा स्पेनले पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरे । त्यसपछी खेलको ८५औं मिनेटमा फेरी अर्काे पेनाल्टी पायो । उक्त पेनाल्टीमा मोराटाले गोल गरे । त्यस्तै खेलको ८७औं मिनेटमा मिकेलले गोल गरेपछि स्पेनले जित हासिल गर्यो । जित पछी स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।