मंगलबार मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्नु निकै राम्रो मानिन्छ । यस दिन हनुमान जी को पूजा गर्नाले सबै संकटहरु हटेर जान्छ भने सबै मनोकामना पुरा हुन्छ । बेलुका सूर्यास्त पश्चात हनुमानजीको अघि सफा आसनमा बसेर तेलको चौमुख दीपक जलाउनुहोस् । अगरबत्ती, पुष्प आदि अर्पित गर्नुहोस् । दीपक जलाउदा यो मंत्रको जाप गर्नुहोस् ।

१- ऊँ रामदूताय नम:। २- ऊँ पवन पुत्राय नम: यि मंत्र पश्चात हनुमान चालीसाको जाप पनि गरौ।पुजा गर्दा भुलेर पनि यि गल्ति नगरौ – मंगलवारको दिन हनुमान जी को पूजा गर्नुहुन्छ भने नुनको सेवन गर्नुहुदैन । मंगलवारको दिन जुन बस्तु दान गर्दै हुनुहुन्छ त्यति बस्तु सेबन गर्नुहुदैन ।

मंगलवारको दिन मासुजन्य या मदिरा सेबन गर्नुहुदैन । यो सेबन गरेर मन्दिरमा गएमा नकरात्मक असर पर्छ । मंगलवारको दिन कालो या सेतो वस्त्र धारण गरेर हनुमान जी को पूजा न गरौ। यस्तो गर्दा पूजामा नकरात्मक प्रभाव पर्छ। हनुमान जीलाई रातो रंग प्रिय हुन्छ त्यसैले उनको पूजा रातो, या पहेलो वस्‍त्रमा नै गरौ । मन शान्त भएको बेला मात्र हनुमान जी को पूजा गर्नुहोस् । पुजा गर्दा टुटेको मूर्तिको पूजा नगर्नुहोस् ।