काठमाडौँ – नेपाली चलचित्र उद्योगका सफल र ब्यस्त अभिनेता हुन् दयाहाङ राई । फिल्म अनागरिक’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका राई फिल्म लुट बाट निकै चर्चामा आए । अहिले सम्म अभिनेता दयाहाङ राईल धेरै नै फिल्म खेलिसकेका छन् । यसैबिच अभिनेता दयाहाङ राईको अर्को फिल्म ‘आप्पा प्रदर्शनमा आउन लागेको छ । पछिल्लो समय उनी यसै फिल्मको प्रमोशनमा ब्यस्त रहेका छन् । यहि असार १३ गते बाट देशैभर प्रदर्शनमा आउँने यस फिल्ममा धर्मबाबुको छोराप्रतिको प्रेम अनि छोराले नबुझ्दाको कथा समेटिएको छ ।

यसैक्रममा फिल्म आप्पामा मुख्य भुमिका निभाएका चर्चित अभिनेता दयाहाङ राई , छोराको भुमिका निभाएका सिद्धान्त राज तामाङ र निर्देशक अनमोल गुरुङसँग क्यानडा नेपालमा रमाइलो कुराकानी गरिएको छ । कुराकानी अभिनेता दयाहाङ राई आफुले ढिलो विवाह गरेकोमा पछुतो लागेको बताएका छन् । निर्देशक अनमोल गुरुङले फिल्म आप्पा केटा केटिको रोमान्स देखि बुबाछोराको सम्बन्धसम्मको कथामा आधारित रहेको बताए । अभिनेता दयाहाङ राईले फिल्म आप्पा आत्मा नै देखि सोचिएको फिल्म रहेको बताए । अभिनेता दयाहाङ राई , डेब्यु कलाकार सिद्धान्त राज तामाङ र निर्देशक अनमोल गुरुङसँगको यो रमाइलो भिडियो हेर्नुहोस्