पूर्व अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले रमेश खरेलले आइजिपि बन्न नसकेको रिस पोखेको बताएका छन् । क्यानडा नेपालसँग कुराकानी गर्दै नेता पाण्डेले हिजोको प्रहरीको अहोदामा बसेर आएका खरेलले आज मान्छे भड्काउदै हिड्न नहुने बताए । अन्तरबार्तामा फरक प्रशँगमा कुरा गर्दै भ्रष्टचारमा मुछिएका जो कोहि भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउदै उनले मेरो पार्टिको भनेर जोगाउन थाल्नु राम्रो नहुने बताए ।

भ्रष्टचार पार्टिले नभई ब्यक्तिले गरेपछी ब्यक्ति नै जवाफदेही हुनुपर्ने बताए । जब सम्म हामिले नगदमा आधारित कारोबार गर्छौ तबसम्म हमिले भ्रष्टचार रोक्न नसकिने बताउदै उनले नगदबाट बन्चित गरेर क्यासलेसमा गए भ्रष्टचार धेरै हदसम्म नियन्त्रण हुने बताए । उनले यो कुरा सँसदमा पनि धेरै पटक उठाएको बताए । दुनिया काहाँ छ र हामिहरु त्यहा कसरी पुग्ने भन्ने आजका युवाहरुको आवश्यकता रहेको बताउदै उनले देशमा गुनासो गर्ने नभई बाटो देखाउने युवाहरुको खाचो रहेको बताए । नेपाली युवाहरुको समस्या आलोचना र बिरोध भएको तर समाधान नभएको उनले बताए । नेता सुरेन्द्र पाण्डेसँगको यो कुराकानीको पुरा भिडियो हेर्नुहोस्