पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित अहिले थाइल्यान्डमा बसी रहेका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए संगै ज्ञानेन्द्र शाह र मोदी बीच भेट्ने कार्यक्रम छिट्टै हुने जानकारी आएको छ । तर अहिले ज्ञानेन्द्र शाह मोदी संग भेटघाटको पर्खाईमा रहे संगै निराश रहेको समाचार स्रोतले जनाएको छ । स्रोत जनाए अनुसार भारतले ज्ञानेन्द्र शाह सामु ४ सर्तहरु राखेका छन् र यी सर्तहरु पालना गर्नुपर्ने दुविधाले ज्ञानेन्द्र शाहको तनाब बढेको उल्लेख गरेको छ । यदि यी सर्तहरुमा सहमति भए राजतन्त्र पुनर्बहालीका लागि भारतले सहयोग गर्ने बाचा गरेको बुझिएको छ ।

भारतले पठाएको ४ बुदा सर्त स्रोतले उल्लेख गर्न चाहेनन् कारण सर्तहरु अत्यन्त संवेदनशील रहेको छ । स्रोतका अनुसार ४ मध्य ३ सर्तहरु अत्यन्त संवेदनशील रहेको जुन अहिले उल्लेख गर्न नमिल्ने तर १ सर्त भने भन्न तयार हुदै उल्लेख गरे: ‘छोरा पारसलाई राजपरिवारबाट अलग गरिएको सार्वजनिक घोषणा गरे राजतन्त्र पुनर्बहालीमा भारतको सहयोग हुने ।’ पहिलो बुँदामा उल्लेख गरिएको सर्त मै पूर्वराजा शाह झस्केको बुझिएको छ । आफ्नो एक मात्र छोरा लाई राजपरिवार बाट अलग्गाएर राज संस्था फर्काउने पर्ने सर्तले शाह अहिले तनाबमा छन् ।

लागूपदार्थको कुलतमा फसे पछि निर्मल निवास छाडेर हिडेका पारस शाह अहिले केहि वर्ष देखि एक्लै बसी रहेका छन् । ज्ञानेन्द्र शाहले छोरा फेरी कुलत बाटो त्यागेर पूर्ववत् अवस्थामा आउन भनेर छोरा लाई निर्मल निवासमा स्वागत गरेका थिएनन् तर अहिले भाजपाबाट यस्तो सर्त आउदा पूर्वराजा शाहले गम्भीर रूपमा लिएको बुझिएको छ ।

पारसलाई राजपरिवारबाट अलग गर्दा राजतन्त्र पुनर्बहाली गर्न भारतले सहयोग गर्छ भने यो सर्त मान्न ढिलाइ गर्न नहुने सल्लाह पूर्वराजा लाई दिनेको संख्या पनि उल्लेख्य रहेको स्रोतले जनाएको छ । पारसले सन्न्यास लिएको या परिवार त्यागेको घोषणा गर्दा शाह राजपरिवारको छवि सुध्रने र सर्वसाधारणको ध्यान आकृष्ट हुने सल्लाह आउना साथ पूर्वराजा शाहको अनुहार नै कालोे हुने गरेको समाचार स्रोतको भनाइ छ ।