काठमाडौं – कतारमा पछिल्लो केही वर्षमा १४०० नेपाली कामदारको ज्यान गएको छ । सन् २०२२ मा हुने विश्वकपको लागि कतारमा निर्माण भइरहेको फुटबल स्टेडियम निर्माण गर्ने क्रममा अहिलेसम्म कम्तीमा १४०० नेपाली कामदारको ज्यान गएको जर्मनीको एक टेलिभिजनले दावी गरेको छ । यो कुरा जर्मनीले दाबी गरेसँगै खबरले नेपालमा तरंग पैदा गरेको छ । स्टेडियम निर्माण सुरु भएपछि हालसम्ममा दुर्घटनाका क्रममा प्रत्येक वर्ष ११० जनाको ज्यान जाने गरेको उक्त च्यानलले दमबी गरेको छ ।

कतारमा ज्यान गुमाउनेहरुले उचित क्षतीपुर्ती नपाएको परिवारले गुनासो गरेका छन् । ‘ट्रयाप्ड इन कतार’ नाम दिइएको यो अनुसन्धानात्मक डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तुबिनै ठूलो संख्यामा बस्नुपर्ने खुलासा गरिएको छ ।