काठमाडौं । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्प्समा चौथो भएका नेपालका बाल गायक आयुष केसी स्वदेश फर्किएका छन्। उनी सोमबार बिहान करिब साढे १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। सारेगमपा लिटिल च्याम्प्समा चौथो भएर स्वदेश फर्किएका आयुषलाई अध्ययनरत विद्यालयका शिक्षक, आफन्त र विद्यार्थीहरुले भव्य स्वागत गरेका थिए । भारतमा धूम मच्चाएर फर्किएका आयुषलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौको भीड जममा भएको थियो ।

प्रितमलाई विद्यालयका शिक्षक, आफन्त र विद्यार्थीहरुले बाजागाजासहित स्वागत गर्दै शुभकामना दिए । बालगायक आयुषले आफू र साथी प्रितमले नेपालको नाम चिनाउन पाउँदा निकै खुसी लागेको बताए । सबैको साथ र सपोर्टले आफू सारेगमपा लिटिल च्याम्प्सको चौथो भएको बताउँदै आयुषले अझै पनि सबैको साथ र मायाको खाँचो रहेको बताए । हेर्नुहोस्, आयुष केसी स्वदेश फर्किदा गरिएको यो भव्य स्वागतको पूरा भिडियो ।