काठमाडौँ — चुकन्दर अर्थात बिटरुट हाम्रो लागी निकै लाभदायक तरकारी हो । यसमा धेरै नै पौष्टिक तत्वहरु पाइन्छ । रातो रँगको हेर्दा निकै लोभलाग्दो देखिने चुकन्दरका धेरै नै फाइदा छन् । यो तरकारी सबै उमेरका मानिसका लागी उपयोगी छ । भनिन्छ प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्न गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ ।चुकन्दरले शरीरमा अक्सिजन बढाउने भएकाले नै मस्तिष्क शक्ति नि राम्रो हुन्छ । चुकन्दर खादा शरिरमा रगतको कमि हुदैन ।

यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ ।यसमा धेरै बढी मात्रामा रेसा ९फाइबर०, फ्लेभेनाइडस र भेटासायनिन हुन्छ  जसले गर्दा एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, यसमा मिनरल सिलिकासमेत हुन्छ । चुकन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि निकै उपयोगी हुन्छ । यसले गर्भवतीलाई अतिरिक्त उर्जा पनि दिन्छ । यो खानाले बिर्सने रोगबाट पनि आराम पाउन सकिन्छ ।