काठमाडौँ – फिल्म ‘नाई नभन्नु ल(५’ युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माको मुख्य भूमिका रहेको यो फिल्म युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । २०१८ को अगस्टमा प्रदर्शन भएको यस फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका बाहेक अभिनेत्री निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले खिचेका छन्। यस फिल्ममा विकाश राज आचार्य र सामिप्य राज तिमल्सिनाको कथा रहेको छ ।