धेरैले घीउको सेवनले वजन बढ्छ भन्ने धारणा छ । घीउमा क्यालोरी अधिक हुन्छ भने हाई सेचुरेटिड फ्याट पनि हुन्छ तर यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । घीउ खादा कब्जियतको समस्याबाट छुटकारा मिल्छ । गाईको घीउमा कोलेस्ट्रोल हुँदैन, जसबाट मोटोपन बढ्ने समस्या रहँदैन । घीउमा Conjugated Linoleic acid पाइने हुनाले वजन कम गर्नका लागि प्रभावकारी मानिन्छ । यसको सेवनले वजन बढाउँदैन बरु कम गर्छ । त्यस्तै घीउ खादा मुटुलाइ निकै फाइदा गर्छ ।

मुटुको धमनीमा रुकावट हुनाले मुटुको रोग हुन्छ । घीउमा पाईने भिटामिनले मुटुको धमनीमा हुने रुकावटबाट बचाउँछ । घीउ खादा हड्डी बलियो हुन्छ । घीउमा एन्टीक्यान्सर, एन्टी भाइरल गुण हुने हुनाले बच्चा, बुढा या जवान सबैको लागि फाइदाजनक छ । यसमा पाईने भिटामिन र पोषक तत्व हड्डीलाई बलियो बनाउँछ र रोग प्रतिरोधक क्षमता बढाउँछ ।घीउमा भिटामिन A, भिटामिन K2, भिटामिन E जस्ता पोषक तत्व पाईन्छ, जो हार्मोन निर्माण र सन्तुलनको लागि आवश्यक हुन्छ । गर्भवती महिलाका लागि पनि घीउको सेवन अत्यन्त उपयोगी मानिन्छ ।