काठमाडौ – अनार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । अनार धेरै नै गुणकारी फल हो । अनार स्वादका लागि मात्र नभई स्वास्थका लागी पनि निकै उपयोगी छ । अनारको फलको गुदी मात्र नभएर यसको बोक्रामा अझ धेरै औषधीय गुण हुन्छ । अनारको स्वाद गुलियो हुन्छ । अनारको सेबन गर्नाले धेरै रोगबाट मुक्त हुन सकिन्छ । यसको सेबन गर्नाले रगतको कमी हुन दिदैन । अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।

यसको सेवनले छाला चम्किलो बनाउनका साथै दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । अनार मधुमेहका बिरामीका लागि पनि निकै लाभदायक छ । यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा पुग्छ । यसको सेबनले यौनक्षमतामा पनि वृद्धि हुने अध्३ययनले बताएको छ।