नेभिगेशन
समाज विविध

खुल्ने समय थप भएसँगै धरहरा चढ्ने संख्या दोब्बर

काठमाडौँ । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनमा आउनेको संख्या दोब्बरले बढेको छ ।

१ साउनदेखि धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने गरेको छ । समय थप भएपछि धरहरा चढ्न आउनेको संख्या दोब्बरभन्दा धेरैले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । बिहान ८ बजेदेखि बेलुकी ७ बेजससम्म टिकट खुल्छ ।

बिहान साढे ८ देखि बेलुकी ८ बजेसम्म चढ्न सकिन्छ । यसअघि धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुल्थ्यो । यसअघि दैनिक करिब १ हजार २ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।

अहिले दैनिक ३ हजार ५ सय जनासम्मले धरहरा चढेको देखिन्छ । १ साउनमा २ हजार ५ सय, २ साउनमा २ हजार ६ सय ३१ र ३ साउनमा ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका थिए ।

१ साउनयता ३ साउनसम्म १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ । २०८१ मंसिरदेखि २०८२ असार मसान्तसम्म ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ संकलन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

आज राति देशभर बदली रहने