नेभिगेशन
समाज विविध

अब मधेशमा पनि पानी पर्ने मौसमविद्‌को प्रक्षेपण

काठमाडौँ- तराई मधेशका जिल्लाहरूमा केही दिनसम्म वर्षा हुने मौसमविद्‌ले पूर्वानुमान गरेका छन् । आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा भने मौसमविद्‌को प्रक्षेपण छ ।

वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलका अनुसार आगामी तीन दिनको कुरा गर्ने हो भने पनि त्यस्तो सुक्खा हुने अवस्था चाहिँ देखिँदैन, आगामी केही दिनसम्म नै मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन्छ, आज राति त भारी वर्षा पनि हुनसक्छ ।

उनका अनुसार गत २४ घण्टामा धनुषास्थित तुलसी वर्षा मापन केन्द्रमा ६६ मिलिमिटर वर्षा मापन भएको छ । ‘

नेपालको अन्न भण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि राम्रोसँग पानी परेको छैन । किसानहरूले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । प्रदेशभर सुक्खा र खडेरी भएपछि मधेश प्रदेश सरकारले सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध