नेभिगेशन
समाज विविध

सिन्धुलीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार, आज रातिदेखि साउन ५ गते सोमबारसम्म अत्याधिक वर्षाको सम्भावना रहेकोले सुनकोशी नदी लगायत अन्य नदी किनार र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको हो।

प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा वि.पी. राजमार्ग तथा मध्य पहाडी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध